काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने भारतीय नागरिक पक्राउ

सेयर गर्नुहोस्

नेपाल समाचार। २२.१२.२०७८

सोमबार काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले काठमाडौंको लाजिम्पाट बस्ने भारत सिक्किम घर भएका २६ वर्षीय गुन्जन तामाङलाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लुटपाटमा संलग्न तामाङलाई काठमाडौं महानगरपालिका–२ उत्तर गेटबाट उक्त सुनको सिक्री सहित फेला पारी पक्राउ गरेको हो । उनीमाथि चोरी गर्न नहुने कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट थप अनुसन्धान भइरहेको छ ।

(Visited 20 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *