लोकप्रिय भोटमा एमाले एक नम्बर पार्टी छ : शर्मा ओली

सेयर गर्नुहोस्

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले केही सिटमा एमाले पछि परेपनि पपुलर भोटमा अरु सवै पार्टीभन्दा अघि रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा आफ्नो धारणा राख्दै ओलीले एमाले सकियो, ध्वस्त भयो भनेर प्रचारबाजी गरेपनि एमाले अहिले पनि पपुलर भोटमा एक नम्बर पार्टी रहेको बताए ।

‘हुन त नेपाली काँग्रेसका नेताहरुले भाषण नै गरेको सुनियो, सबैले कान खोलेर सुने हुन्छ –नेपाली काँग्रेस भनेको सुकुम्वासी र गरिबको पार्टी होइन यहाँ गरिब र सुकुम्वासीका पक्षधर कोही भोटर छन् भने सुने हुन्छ काँग्रेसलाई भोट नदिए हुन्छ’, ओलीले काँग्रेस नेताको भनाइ उदृत गर्दै भने, ‘डरले त्रासले यसपल्ट पनि केही भोट दिएकै देखियो । तर उधुमै चर्चा चल्यो नेकपा एमाले ध्वस्त भयो, समाप्त भयो भनेर ।’ उनले बजारमा यस्तो माहोल खडा गरिएको भन्दै भने, ‘म अहिले पनि भन्न चाहान्छु केही सिटले एमाले पछि परेको छ, लोकप्रिय भोटमा एमाले सबै पार्टीभन्दा अगाडि छ र एक नम्बर पार्टी छ ।’

(Visited 43 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *