प्रेम आले; चुनावपछि ओलीलाई आधा किलोको ढक बनाउँछौँ

सेयर गर्नुहोस्

नेपाल समाचार। २४.१२.२०७८

भक्तपुरमा आयोजित औद्योगिक, पर्यटन व्यापार मेलाको बिहीवार उद्घाटन गर्दै नेकपा एकीकृत समाजवादीका नेता एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले एमालेका अध्यक्ष केपी ओलीलाई चुनावपछि आधा किलोको ढक बनाइदिने चेतावनी दिएका छन् ।

“पाँच पार्टी एक हुँदा पनि ओलीले जुँगा हल्लाउँदै हामीलाई चुनौती दिनु आश्चर्यजनक छ’ मन्त्री आलेले भन्ने । यसअघि ओलीले एक किलोको पाँच वटा ढक एकातिर र एमाले एक क्विन्टलको ढक अर्कातिर भएको टिप्पणी गरेका थिए । जवाफमा उनले भने “निर्वाचन पछि अब आधा किलोको बनाइ दिन्छौँ ।’ उनले गठबन्धनले कहाँ- कहाँ कसले उम्मेदवारी दिने भन्ने छलफल चलिरहेको पनि बताए ।

(Visited 45 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *