प्रेमबहादुर आलेद्वारा हिमाल आरोहण गर्न लागेको आरोही लामालाई बिदाइ

सेयर गर्नुहोस्

नेपाल समाचार। ३०.१२.२०७८

कञ्चनजङ्घा हिमाल आरोहण गर्न लाग्नुभएकी काभ्रे रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया शर्मिला लामालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बिदाइ गरेका छन् ।

मन्त्रालयमा आयोजित कार्यक्रममा आलेले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिए । मन्त्री आलेले आफ्नो स्वास्थ्यका साथै मौसमको अवस्था ख्याल गरेर आरोहण गर्न सुझाव दिए ।

विगत १६ वर्षदेखि हिमाल आरोहण गर्न सुुरु गरेकी लामाले विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्य राखेका छन् । उनले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसकेकी छन् । ती चार हिमालको आरोहण गरिसकेको उनले जानकारी दिइन् ।

(Visited 13 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *