नेपाल समाचार। ०४.०१.२०७९
पोखरा-आइतबार हुम्लाको अदानचुलीमा एमाले पार्टीद्वारा आयोजित गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशको भविष्य निर्धारण हुने बताएका छन् ।
उनले भने, ‘३० गते हुने स्थानीय तहको निर्वाचनले देशको भविष्य निर्धारण हुन्छ । देश विकास, विनाश, स्वच्छता, भ्रष्टाचारतिर जाने भन्ने कुराको निर्धारण हुन्छ ।’
एक सयबाट सुरु भएको सामाजिक सुरक्षा भत्ता अहिले महिनाको चार हजार पुगेको उल्लेख गर्दै उनले एमालेले मात्रै बुढाबुढीलाई हेर्ने गरेको बताए ।
ओली थपे,‘काम गर्न नसकेर सरकारबाट हटेको होइन, जालझेलबाट हटाइएको हो । देश विकास गर्न एमाले चाहिन्छ ।
वैशाख ३० को चुनाव जितेनौँ भने विकासको गति अगाडि बढ्न गाह्रो हुन्छ। त्यसैले सबै चुनाव एमालेलाई जिताउनुपर्छ।
(Visited 38 times, 1 visits today)