नेपाल समाचार। ०५.०१.२०७९
माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कुनै हालतमा नसर्ने बताएका छन् ।
मिडियामा निर्वाचन सर्ने कुरा अनुमानको भरमा आएको प्रचण्डले बताए ।
‘आम मतदातालाई अपिल गर्न चाहन्छु, निर्वाचन वैशाख ३० गते नै हुन्छ ।
त्यसको तयारीमा आ आफ्नो ठाउँबाट सहयोग गर्न योगदान गर्न सबैसँग अपिल गर्दछु’ प्रचण्डले भने
(Visited 28 times, 1 visits today)