तमानखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवबहादुरलाई पछि पार्दै नेपाली काँग्रेसका जोकलाल बुढा निर्वाचित भए

सेयर गर्नुहोस्

नेपाल समाचार। ०१.०२.२०७८

बागलुङको तमानखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका देवबहादुर पुनलाई सात सय १२ मतान्तरले पछि पार्दै नेपाली काँग्रेसका जोकलाल बुढा निर्वाचित भएका छन् ।

जोकलाल बुढा दुई हजार सात सय सात मतले पराजित हुदै दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि पनि उनी भारी मतका साथ विजयी भएका थिए ।

एमाले उम्मेदवार देवेन्द्र छन्त्यालले तीन सय ९२ मत पाए । उपाध्यक्षमा पनि काँग्रेसकै हिराकुमारी छन्त्याल विजयी भएकी छन् । उनले दुई हजार सात सय ६८ मत पाउँदा निकटतम प्रतिस्पर्धी माओवादीकी इशु रसाइलीले एक हजार नौ सय ५८ मत पाएकी छन् ।

तमानखोलाको वडा भने दुई दलले आधा आधा जितेका छन् । १, २ र ४ मा माओवादी तथा ३, ५ र ६ मा कांग्रेस विजयी भएको हो ।

(Visited 45 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *