अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

सेयर गर्नुहोस्

नेपाल समाचार। २१.१२.२०७८

काठमाडौं महानगरपालिका–६ प्लटिङस्थित एक खाजा घरमा अनलाइन बिङ्गो खेल खेलिरहेको भन्ने सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले १६ जनालाई आइतबार साँझ पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

उक्त खाजा घरबाट अनलाइन बिङ्गो खेल्ने सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका–१ घर भई काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ शिवचोक बस्ने २५ वर्षीय पासाङ शेर्पालगायत १६ जनालाई ७४ हजार १५० सहित पक्राउ गरेको हो । पक्राउ परेका उनीहरुसँग प्रहरीले एक हजार ५०० थान बिङ्गो टिकट र दुई थान स्पिकरसमेत बरामद गरेको छ । घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 15 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *