गुल्मी जिल्लामा बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु

सेयर गर्नुहोस्

नेपाल समाचार। २५.१२.२०७८

गुल्मी जिल्लामा खोपको एक कार्यक्रमकाबीच तम्घासस्थित अर्जुन आवासीय माध्यमिक विद्यालय खोप केन्द्रमा जिल्ला समन्वय समिति गुल्मीका प्रमुख लक्ष्मण पराजुलीले स्वास्थ्य कर्मीलाई भ्याक्सिन क्यारियर दिएर बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको छ । १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिन सुरु गरिएको हो । खोपको भाशुरम्भ गर्दै पराजुलीले सबै लक्षित समूह नछुटाउन आग्रह गरे ।

खोप प्रभावकारि भएकोले अनिवार्य रुपमा आफ्ना छोरा छोरीलाई खोप केन्द्रमा लगेर खोप लगाउन पराजुलीले सबैलाई आग्रह गरेका छन् । जिल्लामा करिब ६८ हजार बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका खोप फोकल पर्सन बोम आर्यालले बताए । टाइफाइडविरुद्धको खोप देशभरी एकै चरणमा २०७८ चैत्र २५ देखि २०७९ वैशाख १८ गतेभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ । जिल्लाका ९३ वटै स्वास्थ्य चौकीबाट टाइफाइडविरुद्धको खोप लगाइएको अर्यालले बताए ।

नेपालमा विगत ५ वर्षको तथ्याङ्क अनुसार हरेक वर्ष करिब चार लाख ५० हजार जना टाइफाइड संक्रमित हुने गरेको तथ्यांक छ ।

(Visited 60 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *