हात्ती पाइले रोगबाट पीडित, परिवार बिचल्लीमा

सेयर गर्नुहोस्

नेपाल समाचार। ०२.०१.२०७८

सरकारले हात्ती पाइले रोगविरुद्ध औषधि खुवाए पनि सप्तरीमा हात्ती पाइले रोगबाट पीडित बिरामी भेटिएको छ । सिटी चलाएर श्रीमती,दुई छोरा र एक छोरी गरि पाँच जनाको परिवार पाल्दै आएका राजविराज नगरपालिका-७ का ५० वर्षीय शिवकुमार मण्डल यस रोगबाट पीडित छन् । हात्ती पाइले रोगबाट थलिएपछि मण्डलको परिवार विचल्लीमा परेको छ ।

उनी पूर्ण अशक्त छन्। परिवारलाई दुई छाक हातमुख जोर्न पनि समस्या भएको बताउँदै उनी भन्छन्, ‘पाँच वर्ष भयो खुट्टा सुनिन थालेको थियो । विस्तारै बढ्दै गयो । खुट्टाले काम गर्न छोडेपछि सिटी चलाउन छोडेको पनि चार वर्ष भइसकेको छ। उपचार गर्न र परिवार पाल्नै गाह्रो भएको छ ।’ केही दिनदेखि सुन्निएको ठाउँ फुटने र पानी बग्ने हुन थालेपछि राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा १५ दिन उपचार गर्ने क्रममा २५ हजार खर्चेको श्रीमती गंगादेवी मण्डलले बताइन्। उनले भनिन, ‘ऋण लिएर २५ हजार खर्च गरेर उपचार गरेँ । निको भएन ।

डाक्टरले यहाँ हुन सक्दैन धरान लाग्नुपर्छ भनेको छ । तर, पैसा नभएर लैजान नसक्दा बिरामीलाई घरमै राख्न बाध्य हुनुपरेको छ ।’ मण्डल एक ठाउँबाट अर्को ठाउँमा जान नसक्दा दिनभरि उनकै स्याहारसुसारमा आफु पनि व्यस्त हुँदै आएको दुखेसो पोख्दै गंगाले थपिन्, ‘म पनि कुनै काम गरौँ भने बिरामीलाई छोडेर जाने अवस्था छैन ।

(Visited 57 times, 1 visits today)

Leave a Reply

Your email address will not be published. Required fields are marked *